Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

बुलको यात्रामा शेयर बजारः करिब ३५ महिनायताकै उच्च कारोबार हुँदा परिसूचक २३६४ बिन्दुमा

बुलको यात्रामा शेयर बजारः करिब ३५ महिनायताकै उच्च कारोबार हुँदा परिसूचक २३६४ बिन्दुमा

अर्थ प्लस
बुलको यात्रामा शेयर बजारः करिब ३५ महिनायताकै उच्च कारोबार हुँदा परिसूचक २३६४ बिन्दुमा

काठमाडौँ, साउन २ । शेयर बजारमा रौनक कायमै रहेको छ । अर्थमन्त्री विष्णु पौडलको आगमनले पुँजी बजारले निरन्तर सकारात्मक लय समालि रहेको हो । बजारमा आएको सुधारले लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको छ । आम लगानीकर्ताको मनोबल समेत दरिलो बन्दै गएको छ । जसले गर्दा कारोबार रकममा उछाल देखिदैछ ।

शेयर बजारमा आज मात्रै १२ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ । परिसूचक समेत निरन्तर उचाई तिर लम्कि रहेको छ। आम लगानीकर्ता मौद्रिक नीति लचिलो आउने आशमा छन् । गर्भनर महाप्रसाद अधिकारीले अबको मौद्रिक नीति लचिलो आउने बेला बेला सार्वजनिक कार्यक्रममा नै गर्दै आइरहेका छन् । जसले गर्दा लगानीकर्ताको मनोबल बलियो बनाउन थप मद्दत गरेको छ । नियामकहरुबीच समन्वय बढ्ने आश लगानीकर्तामा रहेको छ ।

यता, अर्थतन्त्र समेत लयमा आइरहेको छ । बैंकको ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको छ । सबै क्षेत्रको तालमेल मिलेको बेला बजारले नयाँ बुलको यात्रा तय गर्ने निश्चित नै रहेको जानकारहरुको भनाइ रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.०४ अकंले बढेर २३६४.६३ बिन्दुमा कायम भएको छ । आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

बुधबार १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको २.०८ प्रतिशत, विकास बैंक समूहको ४.०९ प्रतिशत, फाइनान्स समूहको ५.५० प्रतिशत, होटल तथा पर्यटन समूहको ५.५५ प्रतिशतले शेयर मूल्यमा सुधार देखिएको छ ।

sharerrr.jpg

यसदिन चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज २०४ कम्पनीको शेयर मूल्य बढ्दा ३२ कम्पनीको मूल्य घटेको छ ।

सम्बन्धित समाचार