Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

विद्युत बिक्रि आम्दानी घट्दा, ४१ प्रतिशतले घट्यो माउन्टेन ईनर्जीको मुनाफा

विद्युत बिक्रि आम्दानी घट्दा, ४१ प्रतिशतले घट्यो माउन्टेन ईनर्जीको मुनाफा

अर्थ प्लस
विद्युत बिक्रि आम्दानी घट्दा, ४१ प्रतिशतले घट्यो माउन्टेन ईनर्जीको मुनाफा

काठमाडौँ, साउन ३२ । माउन्टेन ईनर्जी नेपाल लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा घटेको छ ।

असार मसान्तसम्ममा हाइड्रोपावरले बिद्युत बिक्रिबाट ९७ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.४३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा हाइड्रोपावरको यस्तो आम्दानी १ अर्ब १८ करोड २३ लाख रुपैयाँ थियो।

समिक्षा अवधिमा कम्पनीले २९ करोड लाख ३६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ जुन अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा ४१.७१ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ३७ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी २ अर्ब २६ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन अर्निङमा १ अर्ब २ करोड ७९ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ४२ पैसा रहेको छ। 

सम्बन्धित समाचार