मंगलवार, असोज १ २०८१
काठमाडौँ - नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले यसपालिको दशैँ–तिहार र छठ पर्वलक्षित गरेर ‘इसेवा महा-उत्सव : इसेवाको कारोबारमा नामीको दामी कार’ अफर सार्वजनिक गरेको छ।
यस अफर अन्तर्गत असोज १ देखि कार्तिक ३० गतेसम्म इसेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरूमध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन्।
कार जित्न योग्य हुनको लागि आफ्नो आवश्यकता अनुरूप इसेवाका जुनसुकै सेवाको प्रयोग वा इसेवाबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिनेछ। यसका साथै, एक सय रुपैयाँको खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले iPhone १६ पनि जित्न सक्नेछन्।
मात्र एक सय रुपैयाँमा यो खेल खेल्न सकिनेछ भने त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रुपमा फिर्ता नै पाउनेछन्। त्यसैगरी, दैनिक र साप्ताहिक रुपमा पनि आकर्षक अफर र उपहार जित्न सकिनेछ। दैनिक अफर अन्तर्गत, अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि फ्ल्यास सेलको रूपमा अफर आउने छ। उक्त सेलमा प्रयोगकर्ताहरूले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्नेछन्।
साप्ताहिक रूपमा आउने अफरमा भने हरेक हप्ताको मङ्गलबार इसेवाका विभिन्न सेवाहरुस् मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पीकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छुट तथा क्यासब्याक पाउन सक्नुहुनेछ।
यी अफरहरूबारे थप जानकारीहरु इसेवाको फेसबुक, इन्स्टाग्राम पेज लगायतका आधिकारिक सामाजिक सञ्जालहरू मार्फत प्राप्त गर्न सकिनेछ। इसेवा सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस इसेवा, सहरी केन्द्रमा मात्र सीमित नभएर उपत्यका बाहिर पनि ८ वटा शाखा कार्यालयहरू र ३ वटा सम्पर्क कार्यालयहरू नेपालभरका प्रमुख शहरहरूमा अवस्थित रहेका छन्।
यस कम्पनीसँग १ करोड भन्दा बढि दर्ता भएका ग्राहकहरु, २५०,००० भन्दा बढि एजेन्टस्, ४९ बैंकहरु, ४५ लघुवित्तहरु, २२०० भन्दा बढी eSewa Cash Point तथा ३५०,००० भन्दा बढि मर्चेन्टहरु आवद्ध रहेका छन्।
