Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

दुई महिनामा आयो झण्डै रु.१३ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता

दुई महिनामा आयो झण्डै रु.१३ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता

अर्थ प्लस
दुई महिनामा आयो झण्डै रु.१३ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता

काठमाडौँ , असोज ३ । चालु आर्थिक वर्षको पहिलो २ महिनामा १२ अर्ब ९८ करोड रुपैयाँबराबरको प्रत्यक्ष विदेशी लगानीको प्रतिबद्धता आएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.२० प्रतिशतले कम हो । गत आर्थिक को पहिलो २ महिनामा १४ अर्ब ६२ करोड रुपैयाँबराबरको विदेशी लगानीको प्रतिबद्धता आएको थियो ।  

यो वर्षको साउनमा ९ अर्ब १५ करोड २५ लाख र भदौमा ३ अर्ब ८३ करोड २४ लाख रुपैयाँ प्रतिबद्धता आएको छ । गत आर्थिक वर्षको साउनमा भने ११ अर्ब ९३ करोड र भदौमा २ अर्ब ६९ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।  

गत आर्थिक वर्ष ५२ देशबाट ६४ अर्ब २४ करोड ३० लाख रुपैयाँबराबरको प्रत्यक्ष विदेशी लगानीको प्रतिबद्धता आएको थियो ।  गत आवमा चीनबाट २३ अर्ब ९१ करोड ६७ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको थियो । त्यस्तै केम्यान टापुहरुबाट १३ अर्ब १० करोड रुपैयाँबराबरको लगानीको प्रतिबद्धता आएको थियो ।  

गत आर्थिक वर्ष नेपालमा कुल ७ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ विदेशी लगानी भित्रिएको थियो ।

सम्बन्धित समाचार