Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

एनआईसी एशिया बैंकका ग्राहकले धुलिखेलको हिमालय दृष्य रिसोर्टमा छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले धुलिखेलको हिमालय दृष्य रिसोर्टमा छुट पाउने

अर्थ प्लस
एनआईसी एशिया बैंकका ग्राहकले धुलिखेलको हिमालय दृष्य रिसोर्टमा छुट पाउने

काठमाडौं- एनआईसी एशिया बैंकका ग्राहकहरुलाई धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता सम्पन्न भएको छ । 
यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले धुलखेलमा रहेको हिमालय दृष्य रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । 
यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाईल बैकिङ एपमार्फत भुक्तानी गर्नुपर्ने छ । हिमालय दृष्य रिसोर्टसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

सम्बन्धित समाचार