Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट ३० अर्ब झिक्दै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट ३० अर्ब झिक्दै राष्ट्र बैंक

अर्थ प्लस
तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट ३० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  

पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी भदौ २९ गते हुनेछ ।  

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

 
 

सम्बन्धित समाचार