Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

लेमन ट्री प्रिमियरमा कामना सेवा विकास बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

लेमन ट्री प्रिमियरमा कामना सेवा विकास बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

अर्थ प्लस
लेमन ट्री प्रिमियरमा कामना सेवा विकास बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

काठमाडौं । कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरूले काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले आफ्ना कर्मचारी तथा ग्राहकहरूलाई लाभान्वित तुल्याउन लेमन ट्री प्रिमियरसँग त्यस्तो सम्झौता गरेको जनाएको छ ।

उक्त छुटसम्बन्धी सम्झौतामा बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र होटलका प्रमुख सञ्चालन अधिकृत यादवप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार लेमन ट्री प्रिमियरमा उपलब्ध सेवा सुविधा अकोमोडेसन, फुड र वेभरेजमा १५ प्रतिशत तथा स्पामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणका आधारमा यस्तो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार