काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीहरूले बुधबार आगजनी गरेका छन्। आफूहरूलाई बाहिर निस्कन दिनुपर्ने मागसहित कैदीहरूले कारागारभित्र आगो लगाएको कारागार प्रशासनले जनाएको छ।
कारागारभित्र आगो फैलिन थालेपछि कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको कारागार प्रशासक बाबुराम अर्यालले जानकारी दिए। उनका अनुसार अहिले कारागार परिसरभित्र आगोको मुस्लो देखिएको छ।
आगजनी र तोडफोडपछि कारागार परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ। स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको प्रशासनले जनाएको छ।
