काठमाडौं । पछिल्लो समय नेपाली सेनाले सक्रियता बढाउने र संविधान बाहिरबाट निकास निकाल्ने प्रयत्न गरेपछि युवाहरूकाे एक समूहले आज माइतीघर मण्डलमा संविधानको रक्षाका लागि भन्दै प्रदर्शनको तयारी थालेको छ ।
बिस. २०७२ सालमा जारी भएको संविधान मास्ने खेल भएको भन्दै “सेभ द कन्स्टीट्युसन” का नाममा उनिहरु प्रदर्शनमा उत्रिन लागेका हुन् ।
विशेषत राष्ट्रपति रामचन्द्र पाैडेललाई नेपाली सेनाले दवावमा राखेकाे तथा संसद विघटन गर्न दवाव बढीरहेकाे सन्दर्भमा उनिहरुले साे प्रदर्शन गर्न लागेका हुन् । प्रदर्शनलाई विभित्र राजनीतिक दलका युवाहरुले समेत साथ दिने बताइएकाे छ ।
