Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

सुमनाले छोडिन् रास्वपाः गल्तीमाथि गल्ती गरिरहने, त्यसको बोझ सबैले बोक्नुपर्ने भन्दै प्रश्न 

सुमनाले छोडिन् रास्वपाः गल्तीमाथि गल्ती गरिरहने, त्यसको बोझ सबैले बोक्नुपर्ने भन्दै प्रश्न 

अर्थ प्लस
सुमनाले छोडिन् रास्वपाः गल्तीमाथि गल्ती गरिरहने, त्यसको बोझ सबैले बोक्नुपर्ने भन्दै प्रश्न 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र लामो समयदेखि असन्तुष्ट रहँदै आएकी सुमना श्रेष्ठले पार्टी छोडेको घोषणा गरेकी छन्। उनले पार्टी परित्यागको घोषणा गर्दै पार्टी नेतृत्वको कार्यशैलीप्रति गम्भीर असहमति जनाएकी हुन्।

श्रेष्ठले रातोपाटीलाई पठाएको आफ्नो धारणामा भनेकी छन्, ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै मैले आलोचना गर्दै आएकी हुँ। उनले पार्टी नेतृत्वले कहिल्यै पनि आफ्ना गल्तीहरू स्वीकार नगरेको र आलोचना गर्नेहरूलाई मिडिया ट्रायल गराएको आरोपसमेत लगाएकी छन्।’

श्रेष्ठले पार्टीले गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ सबैले बोक्नुपरेको भन्दै आक्रोश व्यक्त गरेकी छन्। उनका अनुसार, उनले निरन्तर आलोचना गर्दा पनि कुनै फरक नपरेको र उल्टै मिडिया ट्रायलको सिकार बन्नुपरेको छ, जुन उनको लागि स्वीकार्य छैन।‘अब खुल्ला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला,’ उनले लेखेकी छन्, ‘मैले पार्टी छोडेँ।’

सम्बन्धित समाचार