Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

जेनजीको पत्रकार सम्मेलनमा भाँडभैलो

जेनजीको पत्रकार सम्मेलनमा भाँडभैलो

अर्थ प्लस
जेनजीको पत्रकार सम्मेलनमा भाँडभैलो

काठमाडौँ । जेनजीजका विषयमा भइरहेको विवाद लगायतका विषयमा हामी नेपाली नामक संस्थाले रिपोटर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुटाकुट भएको छ ।

आइतबारको पत्रकार सम्मेलनका क्रममा हामी नेपाल नामक संस्थाका सुदन गुरुङले धारणा राखिरहँदा विवाद भएको थियो । यसैक्रममा पत्रकारहरूले गुरुङमाथि जिज्ञास गरे । सो क्रममा गुरुङले उत्तेजित हुँदै पत्रकारमाथि नै धम्कीपूर्ण भाषा प्रयोग गरेपछि पत्रकार सम्मेलनमा भाँडभैलो भएको हो ।

पत्रकार सम्मेलनमा उपस्थित भएका केही युवाहरूले सञ्चारकर्मीसँग विवाद र हातपात गरेपछि कुटाकुटको अवस्था आएको हो ।पत्रकार सम्मेलनमा क्रममा उपस्थित भएका युवाहरूबिच समेत एकआपसमा विवाद भएको थियो । केही युवाहरूले पत्रकार सम्मेलनमा घुसपैठ भएको आशङ्का गरेका छन् ।

सम्बन्धित समाचार