Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् मन्त्रिपरिषद् विस्तार, आज शपथ लिँदै

नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् मन्त्रिपरिषद् विस्तार, आज शपथ लिँदै

अर्थ प्लस
नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् मन्त्रिपरिषद् विस्तार, आज शपथ लिँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । आइतबार साँझ नियुक्त ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनालले आज शपथ लिन लागेका हुन् ।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयमा नियुक्त गरेकी छन् । अर्याल हालसालै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहका कानुनी सल्लाहकार पनि थिए।

अर्थमन्त्रीमा रामेश्वर खनाल नियुक्त भएका छन् । खनाल पूर्व अर्थसचिव हुन् र अर्थ व्यवस्थापनमा लामो अनुभव भएका अधिकारी मानिन्छन्।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्त भएका छन् । घिसिङलाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।

प्रदर्शन हिंसात्मक बनेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि पूर्वप्रधानन्यायाधीश कार्की गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्।

सम्बन्धित समाचार