काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार अगाडि सुदन गुरुङको समूहका युवाहरूले मध्यरातमा नाराबाजी गरेका छन् । उनीहरूले आफ्नो आन्दोलन अरूले हाइज्याक गरेको आरोप लगाएका छन् ।
“म त लाशमाथि हिँडिरहेको थिएँ,” गुरुङले भने, “यहाँ त क–कसलाई मन्त्री बनाउने खेल भइरहेको रहेछ ।”
नाराबाजीमा सहभागी युवाहरूले आफूहरू नै आन्दोलनका नेतृत्वकर्ता भएको दाबी गर्दै भने, “हाम्रो आन्दोलन हाइज्याक भएको छ ।”
गुरुङले आफूहरूको कुरा नमाने भोलि सबैलाई बाहिर निकाल्ने चेतावनी पनि दिएका छन् ।
