काठमाडौं । आज बिहान साढे ११ बजे तीन नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिँदै छन्। राष्ट्रपति कार्यालयका अनुसार शपथ समारोह शीतलनिवासमा आयोजना हुनेछ।
अर्थविद् रामेश्वर खनाललाई अर्थ मन्त्रालय, कुलमान घिसिङलाई ऊर्जा मन्त्रालय र ओमप्रकाश अर्याललाई गृह मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारको काम क्रमशः अगाडि बढ्ने तयारी छ।
यो शपथ समारोहले सरकारको महत्त्वपूर्ण मन्त्रालयहरूमा नयाँ नेतृत्व स्थापित गर्नेछ।
