Logo

Nov 06 2026 | २०८३, कात्तिक २१गते

images

साहस ऊर्जा लिमिटेडको खुद नाफा २३ प्रतिशतले वृद्धि, ईपीएस रू. ५२.३७ पुग्यो

साहस ऊर्जा लिमिटेडको खुद नाफा २३ प्रतिशतले वृद्धि, ईपीएस रू. ५२.३७ पुग्यो

अर्थ प्लस
साहस ऊर्जा लिमिटेडको खुद नाफा २३ प्रतिशतले वृद्धि, ईपीएस रू. ५२.३७ पुग्यो

काठमाण्डौ । साहस ऊर्जा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा ४९ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.६५ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा ४० करोड २ लाख रुपैयाँ थियो ।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ६.६३ प्रतिशतले बढेर ९२ करोड ४६ लाख रुपैयाँ पुगेको छ । यसैगरी, वित्तीय आम्दानी ६ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

प्रशासनिक खर्च गत वर्षको १ करोड ८३ लाख रुपैयाँबाट बढेर २ करोड ३१ लाख रुपैयाँ पुगेको छ भने वित्तीय खर्च २३ करोड ४० लाख रुपैयाँबाट घटेर १६ करोड ७९ लाख रुपैयाँ कायम भएको छ । कर्मचारी बोनस खर्च भने ८२ लाख ३५ हजार रुपैयाँबाट बढेर १ करोड २ लाख रुपैयाँ भएको छ ।

कम्पनीको रिजर्भ तथा सञ्चित मुनाफा २ अर्ब ९६ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ३ अर्ब ७८ करोड रुपैयाँ रहेको कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब १० करोड रुपैयाँ र कुल चालु दायित्व १ अर्ब ६१ करोड रुपैयाँ छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५२.३७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य (बुक भ्यालु) ४७५.८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९६.८९ रुपैयाँ र तरलता अनुपात ०.६८ रहेको छ ।

सम्बन्धित समाचार