Logo

Nov 06 2026 | २०८३, कात्तिक २१गते

images

श्वेतगंगा हाइड्रोपावरको खुद नाफा ४८ प्रतिशतले वृद्धि, आम्दानी भने घट्यो

श्वेतगंगा हाइड्रोपावरको खुद नाफा ४८ प्रतिशतले वृद्धि, आम्दानी भने घट्यो

अर्थ प्लस
श्वेतगंगा हाइड्रोपावरको खुद नाफा ४८ प्रतिशतले वृद्धि, आम्दानी भने घट्यो

काठमाण्डौ । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आम्दानीमा गिरावट आए पनि खुद नाफा उल्लेखनीय रूपमा वृद्धि गर्न सफल भएको छ । कम्पनीले यस अवधिमा ९ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.२० प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा ६ करोड ५६ लाख रुपैयाँ थियो ।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ५.५७ प्रतिशतले घटेर २७ करोड ५१ लाख रुपैयाँ कायम भएको छ । यद्यपि, प्रशासनिक तथा अन्य सञ्चालन खर्च ८२ लाख ६३ हजार रुपैयाँबाट घटेर ५७ लाख ७१ हजार रुपैयाँ र वित्तीय खर्च १२ करोड ८१ लाख रुपैयाँबाट घटेर ९ करोड ११ लाख रुपैयाँमा सीमित भएकोले नाफामा सकारात्मक प्रभाव परेको हो ।

कम्पनीको सञ्चित नोक्सान (रिटेन्ड अर्निङ) ३४ करोड २९ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भ कोष २६ लाख ३३ हजार रुपैयाँले धनात्मक छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६.११ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ७८.६४ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ५५.०७ गुणा र तरलता अनुपात ०.५४ कायम भएको छ ।

सम्बन्धित समाचार