काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनी बोधप्रसाद त्रिपाठीको नाममा रहेको २ लाख कित्ता संस्थापक सेयर बिक्रीको लागि खुला गरेको छ।
नियमअनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीका अन्य विद्यमान संस्थापक सेयरधनीहरूलाई नै दिइने भएकाले यो सेयर हाललाई नेपाल लाइफका वर्तमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न आवेदन दिन सक्नेछन्।
इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र काठमाडौं, कमलपोखरीमा रहेको सेयर रजिष्ट्रार नेपाल लाइफ क्यापिटल लिमिटेडको कार्यालयमा गोप्य शिलबन्दी आवेदन पेस गर्नुपर्नेछ।
यो अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा मात्र उक्त २ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
