Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आइपिओ जारी गर्ने, एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आइपिओ जारी गर्ने, एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक

अर्थ प्लस
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आइपिओ जारी गर्ने, एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं, भदौ १४ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर जारी गर्ने भएको हो ।

प्रतिशेयर अंकित मूल्य एक सय रुपैयाँ दरमा सर्वसाधारणमा निष्काशन गर्नको लागि कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आइतबार कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कार्य गर्नका लागि एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको हो ।

सो सम्बन्धी सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु जीवन बीमा सेवा पु¥याउने लक्ष्यका साथ २०८० भदौ १ गते लिबर्टी माइक्रो लाईफ इन्स्योरेन्स कम्पनीको स्थापना भएको हो ।  लघु जीवन बीमकको इजाजत पत्र प्राप्त गरेको यो कम्पनीले २०८० पुस ६ गते देखि औपचारिक रूपमा लघु जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित समाचार