Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

शिव श्री हाईड्रोपावरले लाभांश वितरण नगर्ने, असोज २३ गतेका लागि डाक्यो साधारणसभा

शिव श्री हाईड्रोपावरले लाभांश वितरण नगर्ने, असोज २३ गतेका लागि डाक्यो साधारणसभा

अर्थ प्लस
शिव श्री हाईड्रोपावरले लाभांश वितरण नगर्ने, असोज २३ गतेका लागि डाक्यो साधारणसभा

काठमाडौं, असोज १ । शिव श्री हाईड्रोपावर कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ ३१ गते बसेको संचालक समिती बैठकले असोज २३ गतेका लागि साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।

कम्पनीको साधारणसभा बार्षिक साधारणसभा असोज २३ गते बिहान ११ बजेदेखि अनुपम फुडल्यान्ड, बत्तिसपुतली काठमांडौमा सुरु हुनेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांश भने वितरण गर्ने छैन ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज १५ गते बुकक्लोज गर्नेछ त्यसैले असोज १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागि हुन सक्नेछन् ।

सम्बन्धित समाचार