Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

साहस उर्जाको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने

साहस उर्जाको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने

अर्थ प्लस
साहस उर्जाको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने

काठमाण्डौ, असोज २ । साहस उर्जा लिमिटेले लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको हो ।  

बैठकले आव २०८०/८१ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ८.८२१ प्रतिशत लाभांश वितरण गर्ने गर्ने निर्णय गरेको छ ।  

यस्तै बैठकले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय समेत गरेको छ ।  

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।  

कम्पनीले लाभांश र हकप्रदको अजेण्डा पारित गर्न आगामी कात्तिक ४ गते वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । कम्पनीले एकैपटक ४ वटा आवको साधारण सभा आयोजना गर्ने भएको हो । उक्त सभाहरु काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

सभामा लाभांश र शतप्रतिशत हकप्रद निष्कासनको विशेष प्रस्ताव पारित हुनेछ । यस्तै परियोजनाको लागि लिइएको थप ऋण अनुमोदन गर्ने, कम्पनीको १० अर्ब पुग्ने अधिकृत पूँजीलाई प्रतिसेयर रु.१०० का दरले १० करोड थान साधारण सेयरमा विभाजन गर्ने र ७ अर्ब ५६ करोड पुग्ने जारी पूँजीलाई प्रतिसेयर रु.१००का दरले ७ करोड ५६ लाख थान साधारण सेयरमा विभाजन गर्ने विशेष प्रस्ताव पारित  हुनेछ ।  

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७७/०७८, २०७८/०७९, २०७९/०८० र २०८०/०८१ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८, २०७८/०७९, २०७९/०८० र २०८०/०८१ को लेखा परिक्षण प्रतिवेदन सहितको वित्तीय विवरण( वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत) र आर्थिक वर्ष २०८१/०८२ को लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने प्रस्ताव पारित हुनेछ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी असोज १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज १२ गतेसम्म नेप्सेमा कारोबार भर्इ  कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

सम्बन्धित समाचार