Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

एनएमबि क्यापिटलका दुई फण्डको लाभांश घोषणा

एनएमबि क्यापिटलका दुई फण्डको लाभांश घोषणा

अर्थ प्लस
एनएमबि क्यापिटलका दुई फण्डको लाभांश घोषणा

काठमाडौँ , असोज ३ । एनएमबि क्यापिटलका दुईवटा फन्डको लाभांश घोषणा भएको छ। 

एनएमबि-५० र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड-२ ले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट लाभांश दिने घोषणा गरेका हुन्। 

एनएमबि-५० ले करसहित १५ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड-२ ले करसहित १० प्रतिशत नगद लाभांश दिने भएका हुन्।

लाभांश वितरण प्रयोजननार्थ दुवै फन्डको बुक क्लोज मिति असोज ११ गते तय भएको छ। असोज १० गतेसम्म कायम रहने इकाईधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन्। 

सम्बन्धित समाचार