Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

हिमालय उर्जाको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

हिमालय उर्जाको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ प्लस
हिमालय उर्जाको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, असोज १४ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरमा लिलामीलागि आवेदन दिन आज अन्तिम दिन रहेकोछ ।

कम्पनीले असोज ७ गतेदेखि १४ लाख ४६ हजार ३ सय ५९ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री गरेको हो ।

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद आज असोज १४ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । यसअघि कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो ।

कहाँँबाट दिने आवेदन ?

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका साथै नबिल बैंकका, विराटनगर, जनकपुर, भक्तपुर, पोखरा, कोहलपुर, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम बुझाउन सक्नेछन्।

सम्बन्धित समाचार