Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

स्वालंबन लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

स्वालंबन लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थ प्लस
स्वालंबन लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौँ , कात्तिक १ । स्वालंबन लघुवित्त बित्तिय संस्था लिमिटेडले साधारणसभा प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ। स्वालंबनले यहि कात्तिक ३० गतेको लागि डाकेको २३औं बार्षिक साधारणसभाको लागि कातीक ९ गतेको लागि बुक क्लोज मिति तय गरेको छ।

जसअनुसार कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरुले मात्रै स्वालंबनको साधारणसभामा भाग लिन पाउनेछन भने स्वालंबनको साधारणसभाबाट स्वीकृत हुने लाभांश समेत पाउनेछन। स्वालंबनले गत आर्थिक वर्षसम्मको कमाईबाट आफ्ना शेयरधनीहरुलाई १४ दशमलब २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शुन्य दशमबल ७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

स्वालंबनको असोज १२ गते बसेको ४३९औं संचालक समितिको बैठकले शेयरधनीहरुलाई २० करोड ६६ लाख रुपैयाँ बराबरको बोनस र १ करोड ८ लाख बराबरको नगद गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। यस अवधिमा स्वालामबंको चुक्तापूजी १ अर्ब ४५ करोड छ।

सम्बन्धित समाचार