Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

युनिक नेपाल लघुवित्तको नाफामा ७४ प्रतिशतको गिरावट, एनपिएल १५.७९ प्रतिशत

युनिक नेपाल लघुवित्तको नाफामा ७४ प्रतिशतको गिरावट, एनपिएल १५.७९ प्रतिशत

अर्थ प्लस
युनिक नेपाल लघुवित्तको नाफामा ७४ प्रतिशतको गिरावट, एनपिएल १५.७९ प्रतिशत

काठमाडौँ, कात्तिक २७ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा लघुवित्तको खुद नाफामा गिरावट देखियको छ ।

असोज मसान्तसम्ममा लघुवित्तले ७९ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ७४.८७ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिका लघुवित्तले ३ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी २१.३६ प्रतिशतले घटेको छ भने सञ्चालन आम्दानी पनि ७६.८९ प्रतिशतले घटेको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा पनि गिरावट आयको छ। समीक्षा अवधिमा लघुवित्तको बार्षिकृत ईपिएस घटेर २१ रुपैयाँ ४८ पैसा पुगेको छ । समिक्षा अबधी सम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १३ करोड ९४ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर लाभांश वितरण क्षमता ९३.८६ रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ ३३९.६८ रुपैयाँ रहेको छ। लघुवित्तको खराब कर्जा बढेर १५.७९ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा लघुवित्तको खराब कर्जा १०.८२ प्रतिशत रहेको थियो ।

सम्बन्धित समाचार