Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

फरवार्ड माइक्रोफाइनान्स मर्जरमा जाने, लाभांश पारित गर्न बोलायो साधारणसभा

फरवार्ड माइक्रोफाइनान्स मर्जरमा जाने, लाभांश पारित गर्न बोलायो साधारणसभा

अर्थ प्लस
फरवार्ड माइक्रोफाइनान्स मर्जरमा जाने, लाभांश पारित गर्न बोलायो साधारणसभा

काठमाडौं, मंसिर ३ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने प्रस्तावसहित साधारणसभा बोलाएको छ । मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले १२ औं वार्षिक साधारणसभा मंसिर २८ गते दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा बिहान ११ बजे बोलाएको हो ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पेश हुनेछ । लघुवित्तले अन्य ‘घ’ वर्गको वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ ।यसका साथै गत आवको वित्तीय विवरणहरू माथि छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि समावेश छन्।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ ।तसर्थ मंसिर १३ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सम्बन्धित समाचार