Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

शेयर बजारमा भारि गिरावट, शेयर मूल्यमा पहिरो जाँदा चिन्तित लगानीकर्ता

शेयर बजारमा भारि गिरावट, शेयर मूल्यमा पहिरो जाँदा चिन्तित लगानीकर्ता

अर्थ प्लस
शेयर बजारमा भारि गिरावट, शेयर मूल्यमा पहिरो जाँदा चिन्तित लगानीकर्ता

काठमाडौं, पुस १ । शेयर बजारमा आज भारी अंकको गिरावट आएको छ। नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ को विन्दुमा बन्द भएको छ।

आज ३०४ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब ९३ करोडको शेयर कारोबार भएको छ । आज १५ कम्पनीको मूल्य बढेको छ भने २२७ कम्पनीको मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोको १८ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै केथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जोशी हाइड्रोका लगानीकर्ताले ८ दशलमव ७० प्रतिशतका दरले कमाएका हुन् । कुमारी सबल योजनाका इकाईधनीले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ५८ प्रतिशतका दरले गुमाएका हुन् ।

सम्बन्धित समाचार