Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

गुडविल फाइनान्सले बोलायो साधारणसभा

गुडविल फाइनान्सले बोलायो साधारणसभा

अर्थ प्लस
गुडविल फाइनान्सले बोलायो साधारणसभा

काठमाडौं, पुस ८ । गुडविल फाइनान्स लिमिटेडले यही पुस २९ गते सोमबार तीसौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको हात्तिसारस्थित कम्पनीको आफ्नै कार्यालयमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। यस कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ। सभाले गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजका आधारमा पुस १८ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।

सम्बन्धित समाचार