Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्सले आईपिओ निष्कासन गर्ने

क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्सले आईपिओ निष्कासन गर्ने

अर्थ प्लस
क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्सले आईपिओ निष्कासन गर्ने

काठमाडाैं  , माघ ३ । क्रेष्ट माइक्रोलाइफले धितोपत्र बोर्डबाट सेयर जारी गर्ने अनुमति पाएको छ। कम्पनीले २२ लाख ५० हजार कित्ता (२२ करोड ५० लाख रूपैयाँ बराबर) को सेयर जारी गर्ने भएको हो।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल छ। कम्पनीमा हाल हिमालयन रि इन्स्योरेन्सको २१.४३ प्रतिशत, मेट्रो क्यापिटलको १६.६२ प्रतिशत, किसनलाल दुगडको र के आरएस इन्भेष्टमेन्ट दुवैको ६.६७ प्रतिशतको दरमा सेयर लगानी छ।

त्यस्तै कम्पनीमा संगिता देवी मोरको ३.९७ र अनुपम राठीको ३.३३ प्रतिशत सेयर लगानी छ। गत आर्थिक वर्षमा कम्पनीले एक करोड १२ लाख रूपैयाँ आम्दानी गरेको थियो। यो अवधिमा कम्पनीको कुल सम्पत्ति ६१ करोड रूपैयाँ छ।

यो अवधिमा कम्पनीले गरेको बीमामा धेरै जसो लघुवित्त कम्पनीको रहेको छ। १० लघुवित्त कम्पनीबाट मात्रै यस कम्पनीले ६१ प्रतिशत बराबर प्रिमियम (ग्रस रिटन प्रिमियम) संकलन गरेको थियो।

सम्बन्धित समाचार