Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

ग्लोबल आइएमई लघुवित्तको नाफा ११ करोड ८३ लाख

ग्लोबल आइएमई लघुवित्तको नाफा ११ करोड ८३ लाख

अर्थ प्लस
ग्लोबल आइएमई लघुवित्तको नाफा ११ करोड ८३ लाख

काठमाडौं, माघ १६ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ग्लोबल आइएमई लघुवित्तको खुद नाफा उल्लेख्य रूपमा बढेको देखिएको छ ।

लघुवित्तले समीक्षा अवधिमा ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा यो १४७.४२ प्रतिशतले बढी हो । गत आवमा लघुवित्तले ४ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा लघुवित्तले ३५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यसैगरी सञ्चालन नाफा पनि १४७.३३ प्रतिशतले बढेर १६ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३८.२४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २००.३८ रुपैयाँ छ ।

सम्बन्धित समाचार