२०८१,माघ २८ गते
काठमाडौं। साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.९८ अंकले घटेर २६७७.३२ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३२२ कम्पनीको १ करोड ४४ लाख ४३ हजार ७६५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९६ करोड २ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा ११ उपसूचक राताम्मै भएको छ । उक्त दिन बोतलर्स नेपाल बालाजु र उपकार लघुवित्तको सेयरमा नकरात्मक सर्किट लाएको छ ।
