Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थ प्लस
ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ ,फागुन ५ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
 
वैदेशिक रोजगारीमा गएका नेपालीले आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम कित्ता १० र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
 
कम्पनीले  नेपाल धितोपत्र बोर्डबाट कुल १८ लाख कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएकोमा यसको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको हो ।
 
कम्पनीले माघ २१ गतेबाट पहिलो चरणमा १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि आइपीओ जारी गरेको थियो ।
 
त्यस्तै, कम्पनीले कुल निष्कासनको ३ प्रतिशतले हुने ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित राखेको छ । बाँकी १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्ने जनाएकोछ ।
 
वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् । आइपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित समाचार