२०८१,फागुन ५ गते
काठमाडौं। ट्रष्ट माइक्रो इन्स्योरेन्सले सर्वसाधारणको लागि साधारण शेयर ९आईपीओ० जारी गर्ने भएको छ । कम्पनीले आफ्नो चुक्ता पुँजीको ३० प्रतिशत हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर जारी गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ जारी गर्ने भएको छ । इन्स्योरेन्सले विक्री प्रबन्धनको रूपमा एनआइएमबी एस क्यापिटललाई नियुक्त गरेको छ ।
उक्त इन्स्योरेन्स कम्पनी २०८० साल कार्त्तिक १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र पाएको कम्पनी हो। निर्जीवन बीमा कम्पनीको हैसियतले २०८० साल चैत १ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ।
