Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

होटल तथा पर्यटन सेक्टरका ७ कम्पनीको आउँदैछ आइपीओ, कसको कित्ता कति ?

होटल तथा पर्यटन सेक्टरका ७ कम्पनीको आउँदैछ आइपीओ, कसको कित्ता कति ?

होटल तथा पर्यटन सेक्टरका ७ कम्पनीको आउँदैछ आइपीओ, कसको कित्ता कति ?

२०८१,फागुन ७ गते
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा होटल तथा पर्यटन सेक्टरका ७ कम्पनीको आइपीओ रहेको छ।ती ७ वटा कम्पनीले विभिन्न मितिमा आइपीओ ल्याउन अनुमति माग्दै सेबोनमा निवेदन दिएका थिए। सेबोनले अनुमति दिएमा ती कम्पनीले ३ अर्ब ३१ करोड १० लाख रुपैयाँबराबरको ३ करोड ५३ लाख ६० हजार कित्ता आइपीओ ल्याउनेछन्।सेबोनको पाइपलाइनमा एपेक्स हस्पिट्यालिटी, होटल फरेस्ट इन, अर्किड होल्डिङ, अन्नपूर्ण केबलकार, बन्दीपुर केबलकार एन्ड टुरिजम, अकामा होटल र ठमेल प्लाजा होटल एन्ड सुइट्सको आइपीओ अनुमति पर्खाइमा छन्।

एपेक्स हस्पिट्यालिटीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख कित्ता आइपीओ ल्याउन अनुमति मागेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

यसैगरी होटल फरेस्ट इनले १०० रुपैयाँ अंकित दरका कुल ९८ लाख कित्ता, अर्किड होल्डिङ्सले १ लाख १५ हजार कित्ता, अन्नपूर्ण केबलकारले ३१ लाख कित्ता र बन्दीपुर केबलकारले ३० लाख ६० हजार कित्ता आइपीओ ल्याउन लागेको छन्। आइपीओ बिक्री प्रबन्धकमा होटल फरेस्ट इनको एनआईसी एसिया क्यापिटल, अर्किड होल्डिङ्सको लक्ष्मी सनराइज क्यापिटल, अन्नपूर्ण केबलकारको मुक्तिनाथ क्यापिटल र बन्दीपुर केबलकारको नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेका छन्।

उता अकामा होटलले ५० रुपैयाँ अंकित दरमा ४५ लाख कित्ता र ठमेल प्लाजा होटलले १०० रुपैयाँ अंकित दरमा १० लाख कित्ता आइपीओ ल्याउन अनुमति मागेका छन्। आइपीओ बिक्री प्रबन्धकमा अकामा होटलको सानिमा क्यापिटल र ठमेल प्लाजा होटलको नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेका छन्।

सम्बन्धित समाचार