२०८१,फागुन ११ गते
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक ११.६६ अंक बढेर २७५५.४० विन्दुमा बन्द भएको हो। आज ३२८ कम्पनीको २ करोड १२ लाख ६ हजार ५ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५४ करोडको सेयर कारोबार भएको छ ।
आइतबार ७ समूहमा हरियाली आएको छ । यसदिन बैैंकिङ समूहको ०.०३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १।३३ प्रतिशत, जीवन बीमा समूहको ०।८६ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.०२ प्रतिशत, निर्जीवन बीमा समूहको ०।१३ प्रतिशतको सेयरमूल्य बढेको छ।
आज ९१ कम्पनीको मूल्य बढेको छ भने १४८ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ९५ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै रिलायन्स फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले ७।२४ प्रतिशतका दरले गुमाएका हुन् ।
