Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

तारागाउँ रिजेन्सी होटलको ११ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा  

तारागाउँ रिजेन्सी होटलको ११ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा  

तारागाउँ रिजेन्सी होटलको ११ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा  

२०८१,फागुन ११ गते
काठमाडौँ। तारागाउँ रिजेन्सी होटल लिमिटेडले  नगद लाभांश सेयरधनीको खातामा पठाइएको छ । कम्पनीको गत पुस २४ गते सम्पन्न २८औँ वार्षिक साधारणसभाले पारित गरेको कर बाहेक ११ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा पठाइएको हो ।

कम्पनीले पुस ७ गतेदेखि १८ गतेसम्म बुक क्लोज गरेको आधारमा पुस ४ गतेसम्म कायम सेयरधनीले लाभांश प्र्राप्त गरेका छन् । 

त्यस्तै, पुस ६ गतेसम्म सेयर धितो राखी कर्जा उपयोग गरेका सदस्यहरूको हकमा बैंक वित्तीय संस्थाबाट एनओसी लेटर वा फुकुवा पत्र दिएपछि मात्रै नगद लाभांश पठाइने पनि बताएको छ।

यसैगरी, हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीलाई यथाशीघ्र गर्न पनि आग्रह गरेको छ। सोपश्चात नगद लाभांश सेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक तथा वित्तीय संस्थाको खातामा पठाइने जनाएको छ।

कम्पनीको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित समाचार