Logo

Nov 07 2026 | २०८३, कात्तिक २२गते

images

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका भारी बर्षाको सम्भावना

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका भारी बर्षाको सम्भावना

अर्थ प्लस
आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका भारी बर्षाको सम्भावना

काठमाडौँ - हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भुभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भुभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। 

शनिबार राति कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भुभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

 

सम्बन्धित समाचार