Logo

Nov 06 2026 | २०८३, कात्तिक २१गते

images

शनिबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

शनिबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

अर्थ प्लस
शनिबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

आज वि.सं. २०८२ साल भाद्र २१ गते, शनिबार तदनुसार ईश्वी सन् २०२५ सेप्टेम्बर ६ तारिख, नेपाल संवत् ११४५ , सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, भाद्र शुक्लपक्ष, चतुर्दशी तिथी, धनिष्ठा नक्षत्र, आनन्दादिमा–प्रवद्रध योग, चन्द्रराशि–मकर, बिहान ११ः२१ मिनेट उप्रान्त कुम्भ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लगानी र व्यापार व्यवसायमा अवसर बढ्नेछ। उद्योगमा पूँजी प्रवाह गरेर मनग्गे लाभ लिन सकिनेछ। पैतृक सम्पत्तिको सदुपयोगमार्फत आय बढ्नेछ। कार्यक्षेत्रमा लगनशीलता र आँटले उपलब्धि दिलाउनेछ। बोली बिक्ने भएकाले कारोबार विस्तारमा सहजता हुनेछ। भविष्यका लागि दिगो योजना बन्नेछ। मिहिनेत र पुरुषार्थी प्रयासले प्रभुत्व जमाउन सकिनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायमा लगानी बढ्दै मनग्गे फाइदा हुने देखिन्छ। कृषि तथा पशुपालनमा पूँजी प्रवाह गरेर आम्दानी बढाउन सकिनेछ। लगनशीलताले आँटेका काम पूरा भई धन लाभ हुनेछ। नयाँ प्रस्ताव र दिगो फाइदाका अवसर आउँनेछन्। जिम्मेवारीसहितको नेतृत्व हातलागी हुने संकेत छ। बोली बिक्ने भएकाले कारोबार विस्तारमा सहजता हुनेछ। भविष्य उन्मुख योजना बनाउन अनुकूल समय हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायमा आम्दानी–खर्च सन्तुलन मिलाएर थप लगानी गर्ने अवसर आउनेछ। उद्योग र व्यापारबाट लाभ प्राप्त हुनेछ। पुराना काम सफलतापूर्वक पूरा भई मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा आर्थिक लाभ र नयाँ अवसर पाउने सम्भावना छ। दिउँसोपछि प्रभाव जमाएर कारोबार विस्तार गर्न सकिनेछ। सहयोगीहरूको साथले भविष्य उन्मुख दिगो योजना बनाउन सहज हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायमा मन्दी र अर्थ अभाव देखिनेछ भने खर्च बढ्ने संकेत छ। धेरै श्रम गर्दा पनि अपेक्षित प्रतिफल कमै आउनेछ। स्वास्थ्यमा समस्या आउनाले काम प्रभावित हुन सक्छ। दिउँसोदेखि फजुल खर्च बढ्ने सम्भावना छ। यद्यपि जीवनसाथीको साथले व्यापारमा केही सहयोग हुनेछ। चुनौतीबीच पनि जिम्मेवारी वहन गर्दै भविष्य सुरक्षित गर्ने योजना बनाउन सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसायमा लगानी बढ्दै प्रशस्त नाफा कमाउने अवसर हुनेछ। प्रविधिको उपयोगले धन आर्जन र स्रोतसाधन जुट्न सहज हुनेछ। नसोचेको स्थानबाट पनि आर्थिक लाभ प्राप्त हुनेछ। प्रतिस्पर्धाबीच दिगो योजना बन्नेछ भने मध्याह्नपछि व्यापार विस्तार र लाभ बढ्नेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। सावधानीपूर्वक काम गर्दा दीर्घकालीन उपलब्धि हासिल गर्न सकिनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायमा लगानी बढाउँदै आम्दानी गर्न सकिनेछ। साथीभाइ र माननीयजनको सहयोगले रोकिएका काम अघि बढ्नेछन्। प्रतिस्पर्धीहरू पछि पर्ने भएकाले व्यापारमा लाभ हुनेछ। ऋण र चुनौती पन्छाएर स्रोतसाधन जुटाउन सकिनेछ। लगनशील प्रयासले दाम, इनाम र प्रतिष्ठा कमाइनेछ। नयाँ अवसर पहिचान भई दिगो योजना बन्नेछ। प्रतीक्षित नतिजाले आत्मविश्वास बढाउँदै आर्थिक क्षेत्र सबल हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मध्यान्हपछि व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ। प्रतिस्पर्धीलाई किनारा लगाएर नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ। व्यापारसँगै सेवा मुलुक काम र भूमि–पशुधनबाट लाभ प्राप्त हुनेछ। लेनदेनमा कानुनसम्मत व्यवहार गर्नुहोला, नभए जरिवाना भोग्नुपर्ला। बुद्धिको उपयोगले नयाँ फाइदाका स्रोत पहिचान हुनेछ। मिहिनेतले लक्ष्य प्राप्त भई आर्थिक स्थिति सबल बन्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बिहानको समय लाभदायक रहेर व्यापारमा लगानी बढाउँदा मनग्गे आम्दानी हुनेछ। उद्योग र कारोबारमा सहयोगीहरूको साथले फाइदा प्राप्त हुनेछ। अधिकारी वर्गको सहयोगले कार्य समयमै सम्पन्न हुनेछ। तर मध्यान्हदेखि घरजग्गा कारोबारमा मन्दी आउनाले आम्दानी घट्नेछ। भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्ने संकेत छ। श्रमको प्रतिफल अरूले लिन सक्ने भएकाले सजग रहनु आवश्यक छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सानो लगानीबाट मनग्गे आम्दानी हुने समय रहेको छ। खाद्यान्न, निर्माण सामग्री र विलासी सामानको व्यापारमा लगानी लाभदायक हुनेछ। सूचना प्रविधि प्रयोग गरी नयाँ काम सुरु गर्न सकिनेछ। वैदेशिक क्षेत्रमा लाभ प्राप्त हुनेछ भने कार्यक्षेत्रमा दिगो योजनाको रेखांकन हुनेछ। बिहान महत्त्वपूर्ण काम गर्दा सफलता मिल्नेछ। मध्याह्नदेखि प्रतिस्पर्धा बढ्ने भएकाले धैर्य र सावधानी आवश्यक छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साहित्य, कलाकारिता र बोलेर गर्ने पेशामा मनग्गे आम्दानी हुने समय छ। काउन्सेलिङ र मोटिभेसन जस्ता क्रियाकलापमा तारिफयोग्य प्रस्तुति दिने अवसर छ। मित्र र आफन्तसँग भेटघाटले पारिवारिक सुख बढाउनेछ। प्रयास र हिम्मतले नयाँ काम प्रारम्भ गर्न सकिनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा फाइदा हुनेछ। अध्ययन र ज्ञान निखार्न लाभदायक समय रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बिहान लामो दूरीको यात्रा र विदेशसम्बन्धी कामले व्यापारमा फाइदा ल्याउनेछ। विदेशी सामानको व्यापार व्यवसाय फस्टाउनेछ। मध्यान्हदेखि सामाजिक काम र लगानीले नाम र आर्थिक लाभ दुवै दिलाउनेछ। इमान्दार र लगनशील प्रयासले ठूलो उपलब्धि हासिल हुनेछ। खर्चिला कामले अर्थ अभाव ल्याउन सक्छ, तर आजको श्रमले भविष्यमा फाइदा पुर्‍याउनेछ। कार्यक्षेत्रमा सावधानी अपनाउन आवश्यक छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बिहानको समय लाभदायक रहेर व्यापार र कृषि-पशुपालनमा लगानी गर्दा मनग्गे आम्दानी हुनेछ। साझेदारी व्यापार र मित्रको सल्लाहले बिग्रेका काम सुधारिनेछ। उद्योग–व्यापारमा विशेष फाइदा मिल्नेछ। धनार्जनका नयाँ स्रोत खुल्नेछन् भने आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। मिहिनेतले आम्दानी बढाउनेछ र श्रमको उचित मूल्य पाइनेछ। दिउँसो खर्च बढ्नाले अर्थ अभाव देखिन सक्छ, सावधानी आवश्यक छ।

सम्बन्धित समाचार