Logo

Nov 06 2026 | २०८३, कात्तिक २१गते

images

आज खग्रास चन्द्रग्रहण लाग्ने, राति १० बजेर ११ मिनेटमा ग्रहण सुरु

आज खग्रास चन्द्रग्रहण लाग्ने, राति १० बजेर ११ मिनेटमा ग्रहण सुरु

अर्थ प्लस
आज खग्रास चन्द्रग्रहण लाग्ने, राति १० बजेर ११ मिनेटमा ग्रहण सुरु

काठमाडौं । आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । यो यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो ।

खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगको देखिने छ । पृथ्वीको वायुमण्डलले निलो प्रकाशलाई तितरबितर पारिदिन्छ र रातो प्रकाशमात्र चन्द्रमामा पुग्ने भएकाले चन्द्रमा रातो देखिने भएको हो ।

यस्तो दृष्य नेपाल, भारतसहित एशिया, पश्चिम अष्ट्रेलिया र युरोपका ८५ प्रतिशत जनसंख्याले अवलोकन गर्न सक्नेछन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २२ गते राति १० बजेर ११ मिनेटमा ग्रहण सुरु भएर राति १ बजेर ४१ मिनेटमा अन्त्य हुने छ । मौसम सफा रहेमा काठमाडौंबाट साढे तीन घण्टा चन्द्रग्रहण देखिने समितिले जनाएको छ ।

यसै वर्ष आगामी फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औंसी तिथिमा लाग्ने गर्दछ ।

सम्बन्धित समाचार